मोटोपन, दम रोग र वायु प्रदूषणबीचको सम्बन्धलाई लिएर भारतमा पहिलो पटक अध्ययन गरिएको थियो । लामो समयसम्म अस्वच्छ हावामा रहँदा बालबालिकामा श्वासप्रश्वासजन्य समस्या निम्तिन सक्ने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।
लङ केयर फाउण्डेसन र पलमोकेयर रिसर्च एण्ड एजुकेसनले गरेको सो अध्ययनमा दिल्ली र दक्षिणी भारतका १२ विद्यालयका तीन हजार एक सय ५७ वालबालिकाकाबारेमा अध्ययन गरिएको थियो । अध्ययनका क्रममा सबैभन्दा बढी दिल्लीका बालबालिका मोटा देखिएका थिए ।
