काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रदेशहरुलाई ५८ अर्ब रुपैयाँ र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड बजेट विनियोजन गरेको छ । प्रदेश र स्थानीय तहलाई गरी संघीय सरकारले १ खर्ब ४६ अर्ब २ करोड वित्तय हस्तान्तरण गर्ने भएको छ ।
यस्तै, ससर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीयतहलाई १ खर्ब ९१ अर्ब गरी जम्मा २ अर्ब २७ अर्ब ६१ करोड विनियोजन भएको छ । यसैगरी, समपुरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब र स्थानीयतहलाई ७ अर्ब गरी जम्मा १३ अर्ब २७ करोड विनियोजन भएको छ । यसका साथै, राजश्व बाँडफाँडबाट प्रदेश र स्थानीयतहलाई जम्मा १ खर्ब ७३ अर्ब ९२ करोड रुपैयाँ हस्तान्तरण हुने छ ।