दुई महिनापछि प्रमुख जिसी अस्पतालबाट डिस्चार्ज

काँस्की । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । गत साउन १ गते अचानक बेहोस भएर मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो।

उनको न्युरो अस्पतालमा साढे दुईमहिना लामो उपचारसँगै एन्जिओप्लास्टी शल्यक्रिया पछि आज अस्पतालबाट डिस्चार्ज भएका हुन् । शल्यक्रिया पछि टाउकोमा लगाइएका टाँका खोलिए पछि मेयर जिसीको अस्पतालबाट डिस्चार्ज भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिएका छन् ।


मतिष्तस्कघातका कारण टाउकाको भित्री भाग सुन्निए पछि सो हड्डी बाहिर निकालेर उपचार गरिएको थियो । लामो उपचारपछि भित्री घाउ ठिक भएकाले सो हड्डी प्रत्यारोपण गरेर उनको पुनःअप्रेशन गरिएपछि जिसीलाई अस्पताले डिस्चार्ज गरेको संयोजक बरालले बताए । मेयर जिसी फिजियोथेरापी बाहेकका सबै उपचार प्रक्रिया पूरा भएकाले पोखरा आउने तयारीमा छन् । संयोजक बरालका अनुसार बिहीबार जिसी पोखरा आउनेछन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.