उत्तम अधिकारीको लेखन तथा निर्देशन रहेको सिरियल नेपाल नेटवर्क टेलिभिजनबाट आगामी साताबाट प्रत्येक सोमवार साँझ ७ बजे प्रशारण हुनेछ । ‘केशरी’ले गाउँले जन जीवनको यथार्थ कथा बोल्ने लेखक तथा निर्देशक अधिकारीले बताए । ‘केशरी’ मा आशा भुषालको अलावा लक्ष्मीनाथ तिमल्सिना, विनयराज पौडल, प्रदीपसिंह थापा, करुणा श्रेष्ठ, चण्डिका बस्नेत, रेशम फिरिरी, सुरज अधिकारी, समीर खनाल, स्मृति बस्नेत, डिम्पल खरेल, बिष्णु रोक्का लगायतका कलाकारको अभिनय छ ।