एनआरएनए पोर्चुगलको अन्तरास्ट्रिय समन्वय सदस्यमा रबि अर्यालको उमेदवारी

लिस्वन – गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् पोर्तुगलका वर्तमान सचिव रवि अर्यालले आगामी जुलाई ३० मा हुने संघको ९ औँ अधिवेशनबाट अन्तराष्ट्रिय समन्वय परिषद् (आइसीसी)को सदस्य पदका लागि उम्मेद्वारी दिने भएका छन् । 
विगत १० बर्ष देखि पोर्तुगलमा व्यवसाय गर्दै आफुलाई स्थापित  गराई, चितवन समाज पा्र्तुगलका अध्यक्ष समेत रहेर समस्यामा परेकाहरुलाई आवस्यकता अनुसार सहयाेग गरि समाजसेवामा समेत आफुलाई अगाडि बढाएका उनै रबी उम्मेद्वारी दिन लागेका हुन् ।
वर्तमान कार्यसमितिमा सचिव पदमा रहेर काम गरिरहँदा पनि आफुले आफ्नो कर्तव्य कहिले नभुलेको एनआरएनएका हरेका गतिविधिमा आफु सकृय भएर लागेको र आफ्नो पदीय सीमा भित्र रहेर गर्नुपर्ने हर कर्तव्य आफुले इमान्दारीताका साथ निर्वाह गरेकोले आइसीसीमा गएर काम गर्न पनि आफुलाई नैतिक बल मिलेको बताए ।

उनले नेपाल बाहिर रहेका नेपालीको हक अधिकारको सुरक्षा लागि र एनसीसी र केन्द्र बीच कोशेढुंगा साबित तथा नेपालमा पर्यटन प्रबर्धनमा जोड दिने साथै बर्तमान अवस्थामा संघ भित्र विवाद रहेको प्रति संकेत गर्दै उनले संघलाई सकेसम्म विवादरहित बनाउन आफुले महत्वपुर्ण भूमिका खेल्ने र अबको एनआरएनएलाई प्रविधिमैत्री बनाउने पर्नेमा जोड दिँदै आफु बिजय भए उक्त कुरा लागु गर्न पहल गर्ने बताए । अबको जमना प्रविधिको जमना हो संसार कृतिम वौद्धिकता (आर्टिफिसेल इन्टिलेजेन्ट (एआइ) को हो भन्दै उनले परम्परागत ढर्राबाट चलिरहेको एनआरएनको छिटो छरितो र सहज ढंगले काम गर्ने बताबरण बनाउन आफुले भुमिका खेल्ने बताए ।

निर्वाचनमा प्रतिष्पर्धा गरीसकेपछि हारजीत जे भएपनि त्यसलाई सहर्ष स्वीकार गर्दै, जीतेमा आफ्नो प्रतिवद्धता अनुसार काम गर्ने तथा पराजित भएमा विजेतालाई आफ्नो तर्फबाट हरसम्भव सहयोग गर्ने पनि उनले प्रतिवद्धता जनाए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.