सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौ । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ ।  साेमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन  १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन   १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।


साेमबार चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ। आइतबार पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो। 

© 2021 Quicknepal.com  |  All Rights Reserved.