नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौ। चालु साताकाे कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । म्युचुअल फण्ड उपसूचकमा भने उछाल आएको छ ।


मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५ को विन्दु्मा कायम भएको छ । नेप्सेमा सूचीकृत २७८ कम्पनीहरुको ५६ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाखको कारोबार भएको छ ।


नेप्सेघटेसँगै १२ वटा उपसूचकमा रातो पोतिएको छ भने म्युचुअल फण्ड उपसूचक २८.९० प्रतिशतले बढेको छ । मंगलबार उत्पादन तथा प्रशोधन उपसूचक सर्वाधिक ४.२६ प्रतशितले घटेको छ । त्यस्तै, हाइड्रोपावर, फाइनान्स र होटल तथा पर्यटन उपसूचक क्रमशः २.३१, २.२४ र २.१५ प्रतिशतले घटेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.