नेप्से सूचक झण्डै २२ अंकले घट्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन नै नेप्से सूचक २२ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक २१.९९ अंकले घट्दै २ हजार ११.१४ अंकको विन्दुमा झरेको हो । 

उसो त आज कारोबार रकम समेत घटेर १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको ४४ लाख ५९ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । हाइड्रोपावर समूहको उपसूचक २.३४ प्रतिशतले घट्न पुगेको छ भने अन्य समूहको उपसूचक २ प्रतिशत कमले घटेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.