काठमाडौं । नेपाली कांग्रेसका यूवा नेता गगन थापाले नेता कृष्णप्रसाद सिटौलाको क्याम्प छाडेका छन् । कांग्रेसको तेश्रो धार भनेर चिनिने सिटौला पक्षमा रहँदै आएका थापा सिटौलाले बोलाएको बैठकमा सहभागी भएनन् ।
सिटौलाले बैठक राखेकै समयमा थापा प्रकाशमान सिंहले बोलाएको बैठकमा सहभागी भएका छन् । सिटौला पक्ष छाडेर थापा बरिष्ठ नेता रामचन्द्र पौडेलको समूहमा लागेका थिए । अहिले पौडेल समूह पनि छाडेर उनी प्रकाशमान सिंहसँगको गठबन्धनमा सहभागी भएका हुन् ।
काठमाडौं जिल्ला सहित अघिकांश पालिकाहरुमा नेता सिंह र थापाले अधिवेशनमा गठबन्धन गरेका थिए । प्राय ती उम्म्देवारहरुले अधिवेशनमा सफलता हासिल गरेका छन् । थापाले सिटौला पक्ष छाडेको घोषणा भने गरेका छैनन् । तर संस्थापनइतर पक्ष एक हुनु पर्ने माग उनले राख्दै आएका छन् । सिटौला पक्ष भने संस्थापन पक्षसँगै नजिक देखिएका छन् ।
थापा कांग्रेसको नजिकिदै गरेको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेद्वार बन्ने पक्का छ । उनीसँगै सिटौंला पक्षले भने प्रदीप पौडेललाई उम्मेद्वार बनाउने तयारी थालेका छन् ।