अक्टोवर ११ मा 'एनआरएनए डे' मनाउने तयारी

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो स्थापना दिवस मनाउने तयारी गरेको छ । गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघले परम्परागत रुपमा भोलि  बुधवार (अक्टोवर ११) तारिखमा पुजापाठ गरेर सो दिवस बनाउने तयारी गरेको हो । 


संघका अनुसार बुधबार बिहान ७ देखि ८.३० बजे सम्म स्वयम्भूमा गैरआवासीय नेपालीहरु जम्मा भएर पुजापाठ गर्ने छन् । यस्तै विहान ९.१५ देखि १०.३० बजे सम्म पशुपतिनाथको दर्शन गर्ने कार्यक्रमतय गरिएको छ। 

 

यस्तै दिउंसो संघको केन्द्रीय कार्यालयमा रक्तदान, एनआरएनए फाउण्डेशनको साधारण्सभा, भवन कृतिरत्न अवार्ड वितरण लगायत ९ औं राष्ट्रिय खेलकुदका विजेता खेलाडिहरुको सम्मानमा एक कार्यक्रमको आयोजना  गरिने संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए ।  

 

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसन १७ अक्टोबरदेखि औपचारिक रुपमा सुरु हुने छ । सो महाधिवेसनको उद्धघाटन राष्ट्रिपति रामचन्द्र पौडेलले गर्ने भएका छन् । 

 

 संघको नयाँ नेतृत्वको लागि निर्वाचन १९ अक्टोवरमा हुने कार्यतालिकतय गरिएको छ । 
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.