बागलुङ । म्याद सकिएका खाद्यवस्तु बिक्री गर्ने बागलुङ बजारको एउटा किराना पसल सिल गरिएको छ । १ लाख ५० हजार रुपैयाँ जरिमाना पनि असुल गरिएको छ ।
बागलुङ नगरपालिका– ४ उपल्लाचौरको कुँडुले जाने घुम्तीमा सञ्चालित जालपा सेन्टरमा अनुगमन गर्दा ८० प्रतिशत सामग्री म्याद गुज्रेका फेला परेपछि सिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक सहायक सवन्साकुमार महतोले जानकारी दिए । ‘पसल नै डम्पिङ साइटजस्तो छ,’ महतोले भने, ‘म्याद नाघेका खाद्यवस्तु बेच्ने गरेको पाइएपछि सिल गरिएको हो ।
एक हप्ताको म्याद दिएर सुधार गर्न निर्देशनसहित सिल गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी दिए ।