कांग्रेस अधिवेशनमा जितेका सरकारी कर्मचारीको पद रोक्का हुने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्र्तगत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका सरकारी कर्मचारीलाई तत्काल राजनीतिक कार्यमा संलग्न नगर्न नगराउन उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश मोहम्मद जुनैद आजादको इजलासले सो आदेश जारी गरेको हो । सिन्धुपाल्चोकका सुनिल बोहराले रिट दायर गरेका थिए ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत कांग्रेस वडा अधिवेशनमा निर्वाचित भएका शिक्षक, प्राध्यापक र सरकारी कर्मचारीसहित १९ व्यक्ति तथा निकायलाई विपक्षी बनाएर बोहराले रिट दायर गरेका थिए । अदालतले विपक्षीहरूलाई बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.