मिसन २०८४ छोडेर आन्दोलनमा सहभागी हुन रवि लामिछानेलाई प्रसाईंकाे आग्रह

काठमाडौँ । दुर्गा प्रसाईंले आफूले थालेको आन्दोलनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मिसन २०८४ छोडेर आजका लागि सडकमा आउन आग्रह गरेका छन् । प्रसाईंले  काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहलाई पनि आग्रह गरेका छन् ।

शुक्रवार अपराह्न आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले गोपी हमाल, भीम रावल लगायतलाई पनि आफूले थालेको अभियानमा आउन आग्रह गरेका  हुन्।   
आज एमाले अध्यक्ष केपी ओलीले आफूलाई पक्राउ गराउनका लागि प्रधानमन्त्री प्रचण्डलाई चार पटक फोन गरेको आफूले सूचना पाएको पनि प्रसाईंले दावी गरेका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.