'एनिमल'काे भारतमा अग्रिम बुकिङ खुला

काठमाडौँ। मंसिर १५ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'एनिमल'काे भारतमा अग्रिम बुकिङ खुला गरिएको छ। रणवीर कपूर र रश्मिका मन्दना अभिनीत फिल्मको केही दिनअघि ट्रेलर सार्वजनिक भएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसारफिल्मको २ लाखबढी अग्रिम टिकट बुकिङ भइसकेको छ। योसँगै फिल्मले रिलिज अघि नै अग्रिम टिकट बुकिङमा ७ करोड भारू कमाएको छ।

सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीर कपूर, रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.