आज सुनचाँदीको मूल्य बृद्धी

काठमाडौं । साताको पाँचौं कारोबार बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।

महासंघले बिहीबार सुनको भाउ तोलाको ९० हजार चार सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य ८९ हजार ९५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला एक हजार १७० रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, तेजावी सुन ८९ हजार ४५० रुपैयाँ र चाँदी तोलाको एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.