‘एनिमल’ को एकदिनको कमाई कति ?

काठमाडौं । शुक्रबारबाट हलमा रिलिज भएको  रणवीर कपूरको फिल्म ‘एनिमल’ रिलिज हुनुअघि नै निकै चर्चा थियो । ‘एनिमल’ ले पहिलो दिन करिब ६१ करोड रुपैयाँ कमाएको छ । रणवीरको ‘एनिमल’ ले यो वर्षको दोस्रो ठूलो ओपनिङ दर्ता गरेको छ । यसले शाहरुख खानको ठूलो फिल्म ‘पठान’लाई पनि पछाडि छोडेको छ। 

फिल्मले अग्रिम बुकिङमार्फत ३४ करोडभन्दा बढी कमाएको थियो । ‘एनिमल’ले ठूलो ओपनिङ पाउने पक्का थियो तर फिल्मले सोचेभन्दा ठूलो ओपनिङ पाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.