काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसीपमा भारत र श्रीलंकाले बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टिमले गोल गर्न नसकेपछि ०–० को नतिजा स्वीकार्न वाध्य भएका हुन् । दुई पटक हारेको श्रीलंकाले भारतसँगै जित्नै पर्ने बाध्यता थियो । तर जीत हासिल गर्न सकेन । श्रीलंकाको फाइनल यात्रा लगभग टुंगिएको छ । अहिलेसम्मको खेलमा नेपाल शीर्ष स्थानमा छ । यस पटक नेपाल फाइनलको बलियो दावेदार हो ।