आइतबारदेखि सबै सामुदायिक र संस्थागत विद्यालय खुल्ने प्रमुख जिल्लाअधिकारी छविलाल रिजालले बताए । ‘वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाको शिक्षा शाखा, शिक्षक महासंघ, प्याव्सन, एनप्याव्सनको सहभागितामा विद्यालय खोल्ने मापदण्ड निर्धारण गरिएको छ। त्यसैको आधारमा विद्यालय सञ्चालन गरिने छ', उनले भने।
मापदण्ड निर्धारणका लागि शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरिएको प्रमुख जिल्ला अधिकारी रिजाले जाजकारी दिए ।
कार्यदलमा वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय, प्याव्सन, एनप्याव्सन, शिक्षक महासंघ र शिक्षक अभिभावक संघका प्रतिनिधि सदस्य छन् । यही कार्यदलले मापदण्ड निर्धारण गरी प्रतिवेदन तयार गरेर विद्यालय सञ्चालनको विषयमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा पेश गर्नेछ ।
