आज देशको धेरै भागमा वर्षा हुने सम्भावना

काठमाडौं ।  आज शुक्रबार मुलुकका कयौं स्थानमा वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एकरदुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एकरदुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । शनिबार मुलुकका कयौं स्थानमा वर्षाको सम्भावना छ । भfरतको पश्चिम बंगाल तथा आसपासतिर रहेको न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.