अफगानिस्तानको मस्जिदमा आत्मघाती विस्फोट, ५० मारिए सयौं जना घाईते

एजेन्सी । अफगानिस्तानको कुन्दुजस्थित हजारा–शिया मस्जिदमा आत्मघाती विस्फोट भएको छ। मानिस प्राथना गरिरहेका बेला आक्रमणमा कम्तिमा ५० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एक सय जना घाइते भएका छन् ।

कुन्दुज केन्द्रीय अस्पतालका चिकित्सकहरूका अनुसार अस्पतालमा ३५ शव पुगेका छन् । घाइतेको उपचार भइरहेको छ ।

अफगानिस्तानमा तालिबानको सरकार बनेपछि देशमा यो सबैभन्दा ठूलो आक्रमण हो । तालिबान प्रवक्ता जबीहुल्ला मुजाहिदले मस्जिदमा विस्फोट हुँदा कयौँ मारिएको पुष्टि गरेका छन् ।

तर, हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

यद्यपि, त्यहाँ इस्लामिक स्टेटसहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेका छन्। इस्लामिक स्टेटको अफगानिस्तानमा रहेको भातृ संस्था आइएसकेले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.