काठमाडौं । गृह मन्त्रालयले फेरि चार प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गहृ मन्त्रालयको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको हेरफेर गर्ने गरि सरुवा गरेको हो ।
यस अघि दुई पटा ठूलो संख्यामा सिडिओहरुको सरुवा गरेको गृह मन्त्रालयले तेश्रो पटक पुन चार सिडिओको सरुवा गरेको हो ।
मन्त्रालयका अनुसार झापामा कार्यरत कृष्णबहादुर शाही रौतहटमा सरुवा भएको छ । यस्तै सुनसरीका उमेशकुमार ढकाललाई पर्सामा पठाइएको छ ।
रौतहटका इन्द्रदेव यादवलाई सुनसरीमा र गृह मन्त्रालयका उपसचिव सूर्यबहादुर खत्रीलाई बाँकेमा जिम्मेवारी दिइएको छ ।