काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुनः एक पटक पार्टीको नेतृत्व गर्ने बताएका छन् । पार्टीलाई बलियो बनाउन अध्यक्ष ओलीको नेतृत्व पुनः एक पटक आवश्यक रहेको नेता पोखरेलले बताए ।
राजधानीमा पत्रकारसँग भेटघाट कार्यक्रमको आयोजना गर्दै नेता पोखरेलले केपी ओलीलाई असर पर्ने गरि आफु कुनै पदमा उम्मेद्वार नबन्ने घोषणा गरेका हुन् । पार्टीमा सक्षम नेतृत्वको खाँचो भएकाले अझै एक पटक अध्यक्ष ओलीलाई दोहोर्याउनु पर्ने धारणा व्यक्त गर्दै पोखरेलले यस्तो बताएका हुन् ।
नेकपा एमालेले विधानलाई सर्वमान्य ठान्छ । विधान मिचेर म तेश्रो पटक महासचिवको उम्मेद्वार बन्दिन, नेता पोखरेलले भने । हाल नेपाली राजनीतिमा दुई वटा पक्ष रहेको पोखरेलले दावी गरे । एकातिर केपी ओली र अर्कोतिर अरु सबै रहेर राजनीति पेचिलो भइरहेको उनले दावी गरेका हुन् ।