सुनसरी हिरासतमा थुनुवाको मृत्यु, जिल्ला प्रहरी कार्यालयमा तनावग्रस्त

सुनसरी । सुनसरी जिल्लाको प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि स्थानीयले जिल्ला प्रहरी कार्यालयमा धर्ना र नाराबाजी गरेका छन् । हिरासतमै रहेका व्यक्तिको मृत्यु भएपछि प्रहरी प्रमुखको राजिनामा माग्दै आन्दोलनकारी जिल्ला प्रहरी कार्यालय अगाडी पुगेका हुन् ।

पीडितका आफन्त सहित ठूलो संख्याको भीडले प्रहरी माथि आक्रमण थालेपछि दोहोरो झडप समेत शुरु भएको छ । प्रहरी र आन्दोलनकारी दोहोरो भिडन्त हुँदा दर्जनौं घाइते भएका छन् ।

सडकहरु अवरुद्ध भएका छन् । आन्दोलनकारीबाट ढुङ्गामुडा शुरु भएको थियो भने प्रहरीबाट अश्रुग्याँस प्रहार गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीले भने पिडितले आत्महत्या गरेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सञ्जय सिंह थापाले आत्महत्या गरेको भिडियो सीसीटीभी क्यामेरामा स्पष्ट देखिएको समेत बताएका छन् । त्यति हुँदाहुदै पूहरीमाथी आक्रमण गर्नु निन्दनीय रहेको उनले बताएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.