काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि पेस गरेको प्रस्तावमा छलफलमा र मतदान नभई बागमती प्रदेश सभा स्थगित भएको छ ।
आइतबार बसेको बैठकमा उनले प्रस्ताव प्रदेशसभामा पेशपश्चात् सोबारे छलफल र मतदान नगरी सभा बैठक कातिक ४ सम्मका लागि स्थगित भएको हो ।
नेकपा एमालेबाट फुटी नेकपा एस पार्टी बनेपछि अल्पमतमा परेकी शाक्यले विश्वासको मत लिन लागेकी थिइन् । भदौ २ मा एमालेकै मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री भएकी थिइन् ।
भदौ २ मा शाक्य एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । शाक्य पौडेलकै प्रस्तावमा सर्वसम्मत संसदीय दलको नेता चयन भएकी हुन्।