मोतिपुर घटनाप्रति युवा संघको विज्ञप्ति, मृतकको जिम्मा लिन चुनौती

काठमाडौं । रुपन्देहीको मोतिपुरमा भएको घटनाप्रति राष्ट्रिय युवा संघ नेपालले सरकारको ध्यानाकर्षण गरेको छ । घटनाप्रति खेद व्यक्त गर्दै संघले विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गरेको हो ।

चाडबाडको मुखमा नागरिकलाई राहतदिनुपर्ने बेला गोली चलाउने र जनताको ज्यान लिने काम सरकारबाटै भइरहेको भन्दै सरकारलाई मृततको जिम्मा लिन संघले चुनौती दिएको छ ।

संघका अध्यक्ष किरण पौडेलले जारी गरेको विज्ञप्तिमा मोतिपुर घटना राज्यद्वारा गरिएको नियोजित षडयन्त्र भएको दावी गरेका छन् । संघले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा समेत माग गरेको छ ।

दुई दर्जन भन्दाबढि घाइते भएको मोतिपुर घटनामा प्रहरीको गोली लागेर चार जनाले ज्यान गुमाएको छ । गृहमन्त्रीकै गृह जिल्लामा चार जना सुकुम्बासीको गोली हानी हत्या गरिएपछि संघले गृहमन्त्रीको राजिनामा माग गरेको बताइएको छ ।

संघले मानव अधिकारवादी संघसंस्थाको समेत ध्यानाकर्षण गराएको छ । संघले विज्ञप्ति जारी गरे लगतै लुम्बिनी सरकारले मृतकको परिवारलाई एक लाख दरले दिने घोषणा गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.