काठमाडौं । संघीय संसदको सांसदहरुलाई दशैं विदा दिइएको छ । आगामी कात्तिक ९ गतेसम्मलाई सांसदहरुको लागि दशैं विदा दिइएको हो । संघीय संसदको दुवै सदनमा दशैं विदा दिइएको हो । तर राष्ट्रिय सभामा भने कति गतेसम्म तोकिएको छैन ।
सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन् । यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित भनेका छन् ।