काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ सम्पत्ति विवरण बुझाएका छन् ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाबमोजिम उनले मंगलबार सम्पति विवरण बुझाएका हुन् । उनी मन्त्री बनेको आज चार दिन मात्रै भएको छ ।
उनले बुझाएको सम्पति विवरणमा दाइजोका रुपमा लिएको २० तोला सुनसहित ७० तोला सुन, काठमाडौंमा तीन ठाउँमा जग्गा, काठमाडौंमै दुईवटा घर, विभिन्न कम्पनीका सेयरमा पुगनपुग १४ लाखभन्दा बढी लगानी छ । त्यसैगरी, उनले प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई, सिभिल बैंक, एमरेष्ट बैंक र नेपाल बङ्गलादेश बैंकमा उनका खाता छन् ।
त्यस्तै उनकी श्रीमतीका नाममा ग्लोबल आइएमई, एनएमबी र नबिल बैंकमा खाता रहेको विवरणमा उल्लेख छ ।