दशैं छोडेर विदेशको पिलेनमा

काठमाडौं । विजयदशमीको माहोलमा नेपालीहरुमा दशैको चटारो बढिसकेको छ । दशै उल्लासमय बनाउन आवश्यक सर–समानको जोहो गर्न र घर फर्कने बन्दोबस्त गर्न दौडधुप सकेर दशैं शुरु भइसकेको छ । तर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडि भने माहोल फरक छ । त्यहाँ वैदेशिक रोजगारमा जानको लागि लाइन बस्न दौडधुप छ ।

उनीहरु हातमा टिकट बोकेर लाइनबद्ध छन् । दशैको मुखमा मुख अमिलो र गहँ्रुगो बनाउदै नेपाली भूमी छाड्नुपने बाध्यता उनीहरुमा छ । उनीहरुमा एकसालको दशैको चिन्ता होइन आफ्नो भविष्यको चिन्तामा डुबेका छन् ।
‘दशै आयो, दशैको मुखमा विदेश जान मन त छै

न तर के गर्नु देशमा रोजगार छैन । घरमा अर्थोपार्जन हुने कुनै माध्यम छैन । त्यसैले जानै पर्ने बाध्यता छ’, जुबुका सुमन बताउछन् । त्यस्तै अर्का इटहरीका रुद्र गिरी पनि दशैंकै बेला विदेश जान रहर नभएको बताउछन् । ‘लालाबालालाई पढाउन, श्रीमतीलाई मीठो खुवाउन र विरामी भएको बेला औषधीमुलो गर्न पुगे म जान्न थिँए’ उनि गुनासो पोख्छन् । ‘राजनितिक अस्थिरताले गर्दा निम्तिएको बेरोजगारीले यस्तो कहरमा पर्नु परेको’उनको राय छ । ‘मैले जस्तो मेरो छोराछोरीले विदेशीन नपरोस् । देशमै केहि गर्न सक्ने हुन । उनिहरुलाई पढाउन भनेर नै दुख गर्न अर्काको देश जाँदैछु,’ उनि प्रार्थना गर्छन ।

मलेसिया तीन वर्ष बसेर आएका रत्नको शरीरमा जोस र ओठमा उमंगसहितको मुस्कान देखिन्थ्यो । ‘तीन वर्ष पीडामा बल्ल बल्ल वित्यो । देशको, घरपरिवारको सम्झना आँखा वरीपरी झल्झल्ती आउँथ्यो’ उनी दुख विसाउँछन् । ‘यसपालिको दशै रमाइलो गरेर मनाउने हो तीन वर्षको पीडा भुलाउने गरी’ भन्दै उनी दुख विर्सदै खुशि बाढ्न चाहान्छन् ।

यस्तै बाध्यता भएका मानिसको जम्का भेट हुने ठाउँ रहेछ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल । दशै मनाउन भनेर देश फर्कनेको खुशिको आँशु र देश छोडेर विदेशीनेको रोदन त्रिभुवन विमानस्थलमा छरपस्ट देख्न सकिन्छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.