काठमाडौं । दशैँको उत्सवले नेपालीलाई ढपक्कै ढाकेको छ, दशैंको बेलामा कलाकार अझ बढी व्यस्त हुने गर्छन् तर यसपालि भने कोरनाको कारण व्यस्तता कम छ । जतिसुकै व्यस्त हुँदा पनि कलाकारले दशैंका लागि आफ्नो समय छुट्याएका हुन्छन् ।दशैंलाई सक्दो स्मरणीय बनाउने प्रयास गरिरहेका हुन्छन् । सेलिब्रेटीको दशैं योजना र सम्झना :
करिश्मा मानन्धर नायिका
यसपालि पनि पहिलाको जसरी नै दशैं मनाउने हो । पिङ खेल्न, घुम्ने रमाइलो गर्ने हो। कोरनालाई मध्य नजर गर्दै दशैं मनाउनु पर्छ । पुरानो दशैं भन्दा यसपालिको दशै खासै फरक नहोला ।
प्रताप दास गायक
दशै मनाउने खासै केहि तयारी त छैन गाउँ जाने हो। यसपालि दाई आउनु भएको छ ,गत वर्ष भन्दा यसपालि रमाइलो होला भन्ने आश छ । सानोमा पिङ खुब खेलिन्थ्यो अहिले त्यो माहोल छैन । मलाई तासहरु खेल्न चाँहि आउदैन ।
सन्दिप क्षेत्री कलाकार
सामान्यतया कोेभिडले गर्दा सबै मान्यजनको हातबाट गतवर्ष पनि टिका लाउन पाइएन। यसपालि पनि सिमित मानिसको हातबाट टिका लगाउने योजना छ । घरमै बसेर रमाइलो गर्ने खाने तयारी छ । मलाई तासमा रुचि छैन तर दशैंमा साथिभाईसगँ कहिलेकाहि खेलिन्छ । टिकाको दिन भुइ छोडनु पर्ने प्रचलन रहिआएको हुँदा पिङ खेलिन्छ । बालपनको दशैं एकदमै अविस्मरणीय क्षण हो । उमेर बढेसँगै रौनक पनि हराउँदै जाँदो रहेछ । यो मलाई मात्र होइन सबमा लागु हुने कुरा हो । पहिला खसी काटेको, खेलेको सम्झदा एकदमै रोमाञ्चित हुन्छ मन ।
दिपा श्री निरौला निर्देशक तथा कलाकार
दशैं मनाउन गाउँ गइन्छ,पिङ तास खेलिन्छ तर तास खेल्दा चाँहि म जहिल्यै हार्छु । गतसाल बाबालाई कोरोना लागेर टिका लगाउन पाइएको थिएन । यसपालि भने सबैले खोप लगाएको हुदाँ रमाइलोका साथ दशैं मनाउने तयारी छ ।
सलोन बस्नेत नायक
मलाई दशैं मन पर्छ । दशैं आउँदैछ भन्ने बित्तिकै कताकता रमाइलो लाग्छ । यसपालि फूलपातिको दिनदेखि हाम्रो फिल्म ‘डाडाँको बरपीपल’ रिलिज भएको छ ।त्यसैले यो दशैं दर्शकमाझ मनाउने योजना छ । कोरोनाका कारण यत्तिका समय हल बन्द थिए । ‘डाँडाको बरपीपल’ बाट फिल्म प्रदर्शन सुुरु भएको छ ।दशैंको यो माहाेलमा फिल्मप्रेमी सबैलाई हलमै गएर फिल्म हेरिदिनुहुन अनुरोध गर्दछु ।