रुपन्देही । केही दिनअघि नवलपरासीको मोतीपुर औद्योगिक क्षेत्रमाजग्गाको विषयलाई लिएर स्थानीयवासी र सुरक्षाकर्मीबीचभएको झडपका क्रममा भएको क्षतिले स्तब्ध बनाएको छ ।आइतबार सर्वजनिक जग्गाको विषयलाई लिएर दुवै पक्षबीच झडप भएको थियो ।
फागुन २१ मा तत्कालीनअर्थमन्त्री विष्णुपौडेल र लेखराजभट्टले मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका लागि तयार मञ्च स्थानीयले भत्काएका थिए ।
०७३ वैशाख २९ मा यहाँको ८ सय १३ बिघा क्षेत्रफल मोतीपुर औद्योगिक क्षेत्र परियोजनाको नाममा पुर्जा बनेको छ । १२ अर्ब लागतमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजनासहित २०७७फागुन २१ मा शीलान्यास भएको थियो ।
विसं २०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । बुटवल उपमहानगरपालिकासहिततिलोत्तमानगरपालिका, सियारी र शुद्धोधनगाउँपालिकासित जोडिएको तिनाउनदीउकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो ।
२०७२ चैत १ मा रुपन्देहीको मोतीपुरमा ५ वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । जुन बुटवल उपमहानगरपालिकासहित तिलोत्तमानगरपालिका, सियारी र शुद्धोधनगाउँपालिकासँग जोडिएको तिनाउनदीउकास क्षेत्रको सार्वजनिक जग्गा हो ।
कसरी भयो घटना
औद्योगिक क्षेत्र आसपासको खाली जग्गामा स्थानीय एक सुकुम्बासीको नेतृत्वमा धेरै टहराहरु निर्माण गर्दै बस्दै आएका थिए । पटक–पटक स्थानीय प्रहरीले सो टहराहरु हटाउने प्रयास गर्दै आएका थिए ।
जग्गा अतिक्रमणबाट रोक्नका लागि सरकारले पनि सुरक्षाकर्मी राख्दै आएको थियो । सुरक्षाकर्मीले केही टहराहरु राति राति भत्काउँदै आएका थिए ।त्यसको विरुद्धमा सुकुम्बासीहरुलाई नेतृत्व गर्ने एक सुकुम्बासीले आन्दोलन गर्दै आएकाथिए । उनलाई पक्रनप्रहरीले धेरै दिनदेखि प्रयास गरेका थिए । आइतवार विहान उनको घर घेराऊ गरि प्रहरीले उनलाई पक्रिएपछि सुकुम्बासीहरु प्रहरीमाथी जाइलागेका थिए ।
त्यसपछि अतिक्रमित जग्गा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि आइतबार विहान सुकुम्बासीले आक्रमण गरेका हुन् । सुकुम्बासी समूहले दर्जनौं पेट्रोल बम प्रहार गर्न थालेपछि सुरक्षाकर्मीले गृह मन्त्रालयको आदेशमा जवाफी कारवाहीकालागि भन्दै गोली चलाएको थियो । प्रहरीले चलाएको गोलीलागि ४ जना सुकुम्बासीको घट्नास्थलमै मृत्यु भएको थियो । त्यस्तै ४९ प्रहरी र १६ सर्वसाधारण समेत घाइते भएका थिए । घाइते मध्ये ४ सुरक्षाकर्मीको काठमाडौको उपचार भइरहेको बुटवल प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुटवलको रुपन्देही मोतीपुरका सुकुम्बासीको समस्या हल गर्न निर्देशन जारी गरेका छन् ।सोमबार सुरक्षा समितिको बैठकमा उनले सुकुम्बासी समस्या समाधान गर्न तत्काल कार्यदल गठनका लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन जारी गरेका हुन् । बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समस्या समाधान सुझाव कार्यकालमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपन्देहीको प्रतिनिधि, नापी कार्यालय रुपन्देही प्रतिनिधि, औद्योगिकग्राम रुपन्देहीको प्रतिनिधि, भूमिहीनको प्रतिनिधि लगायतको टोलीले सम्मिलित एक कार्यदल गठनका लागि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिएको छ । यस्तै दुवै पक्षबाट भएका घाइतेहरूको उपचारको जिम्मेवारी राज्यले बेहोर्ने भएको छ ।
घटनामा मृत्यु भएकाका परिवारलाई लुम्बिनी प्रदेश सरकारले तत्कालका लागिएक÷एकलाखका दरले दिने घोषणा गरेको छ ।