इटालीका किर्तिमानी आरोही मेस्नरको लोत्से हिमाल आरोहण

काडमाडौँ । आज १६ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

किर्तिमानी आरोही मेस्नरको लोत्से हिमाल आरोहण
इटालीका आरोही रेनहोल्ड मेस्नरले नेपालको चौथो ठूलो हिमाल माउन्ट लोत्से आरोहण गरेका थिए । मेस्नर नेपालका सबै आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने पहिलो आरोही पनि हुन् ।

चीनको पहिलो आणविक परीक्षण  : 

सन् १९६४ मा चीनले लोप नुर भन्ने स्थानबाट पहिलो आणविक परीक्षण गरेको थियो । ची–१ नाम दिइएको परमाणु शक्तियुक्त उपकरणबाट २२ किलो टन युरेनियम बिस्फोट गराइएको थियो । यो परीक्षणसँगै अमेरिका र रसियापछि चीन विश्वको तेस्रो आणविक सम्पन्न राष्ट्र बनेको थियो ।

खाद्य तथा कृषि संगठनः

सन् १९४५ मा क्यानडाको क्युवेकमा राष्ट्रसंघको खाद्य तथा कृषि संगठन स्थापना भएको थियो ।

वाल्ट डिस्ने स्थापनाः

सन् १९२३ मा अमेरिकाका दुई दाजुभाइ वाल्ट र रोयले वाल्ट डिस्ने कम्पनी खोलेका थिए । मनोरन्जन दिने उद्देश्यले खोलिएको यो कम्पनी अहिले कार्टुन र एनिमेटेड मुभीको पर्यावाची बनेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.