काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ७८ पुगेको छ।
शनिबार ८४५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १२ हजार ५९८ सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा १ हजार ४४६ पीसीआर तथा ३२७ एन्टिजेन परीक्षण भएको छ।