साफ च्याम्पियन बन्ने नेपालको सपना अधुरै, भारतसँग ३–० ले पराजित

काठमाडौं । नेपालले यस पटक साफ च्याम्पियनसिपको खेलमा फाइनल प्रवेश गरेसँगै नयाँ इतिहास रच्यो । त्यसले नेपाललाई यस पटकको साफ च्याम्पियन बन्ने लक्ष्या बढायो । र नेपालले च्याम्पियन बन्ने सपना देख्यो ।

तर बनिवार राति भएको भारतसँगको खेलमा त्यो छनक देखाउन सकेन । पहिलो हाफ बराबरी खेलेको नेपालले दोश्रो हाफको शुरुवातमै १० मिनेटभित्र लगातार २ गोल खानुपर्यो । पुन ८८औं मिनेटमा १ गोल खानुपर्यो ।

अन्तत च्याम्पियनको लक्ष्य लिएको नेपालले भारतसँग ३–० को फरकमा हार बेहोर्न पुग्यो । तेह्रौं संस्करणमा नेपालले फाइनलको बाटो त तय गर्यो तर उपाधी विहीन हुनपुग्यो । भारतले नेपाललाई हराउँदै ८औं पटक उपाधी उचालेको छ ।

४९औं मिनेटमा सुनिल श्रेत्रीले पहिलो गोल भारतका लागि गरे । त्यसको एक मिनेटमै सुरेशले अर्को गोल गरे । ८८औं मिनेटमा साहल अब्दुल समादले भारतका लागि तेस्रो गोल गरे ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.