काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा अध्यक्ष माधव कुमार नेपालका कान्छा भाइ सरोज कुमार उपाध्याय केन्द्रिय सदस्य मनोनित भएका छन् । पार्टीको केन्द्रिय सदस्यलाई लिएर किचलो भइरहेको बेला अध्यक्ष नेपालका भाइलाई वैकल्पिक केन्द्रिय सदस्य बनेका हुन् ।
नेपालका कान्छा भाइ सरोज पेशाले इन्जिनियर हुन् । उनलाई पार्टीमा विज्ञान प्रविधि विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै अध्यक्ष नेपालका भान्जा नितेश पौडेललाई केन्द्रीय परिषद सदस्य मनोनित गरिएको छ ।