पलेशा गोवर्धनले पहिलो खेलमा बेलायती बेथ मुनरोसँग प्रतिस्पर्धा गर्ने
पलेशाले के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपालका पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारालिम्पिकको पहिलो खेलमा बेलायती खेलाडी बेथ मुनरोसँग प्रतिस्पर्धा गर्ने भएकी छन्।

मंगलबार निकालिएको तालिकाअनुसार पलेशाले पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग खेल्ने तय भएको हो । पलेशाले के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन्।

शुक्रबार जित हासिल गरे क्वाटरफाइनलमा पलेशाले टर्कीकी गाम्जे गर्डसङ खेल्नेछिन् । पारालिम्पिकमा सहभागिता जनाउन एक खेलाडीसहित ६ सदस्यीय नेपाली टोली टोकियोमा छन्।

© 2021 Quicknepal.com  |  All Rights Reserved.