अबैध सम्बन्ध पछि श्रीमतीको योजनामा श्रीमानको हत्या, चार जना पक्राउ

कैलाली । कैलालीको धनगढीमा श्रीमतीकै याेजनामा श्रीमानकाे हत्या गरिएको छ । श्रीमतीको पर–पुरुषसँग अवैध सम्बन्ध रहेपछि सो वारे श्रीमानले शंका गर्दा श्रीमतीकै योजनामा श्रीमानकाे हत्या भएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–७ का २५ वर्षीय रमेश चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । श्रीमती अमृता चौधरीसहितसहित चार जनाको समूहले घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताइएको छ ।

प्रहरीले श्रीमतीसहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । शुक्रवार घरबाट निस्केका रमेशको विहान शब भेटिएको थियो । मृतक चौधरीका तीन वर्षीय छोरा छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.