काठमाडौं । टी–२० विश्वकपमा ओमानले सानदार सुरूवात गरेको छ। आइतबार भएको खेलमा घरेलु टिम ओमानले पपुवा न्युगिनी (पिएनजी) माथि १० विकेटको फराकिलो जित हात पार्दै जीतको शुरुवात गरेको हो ।
पिएनजीले दिएको १३० रनको लक्ष्य ओमानले विकेट नगुमाइ १३।४ ओभरमा पार गर्यो। ओमानका लागि ओपनरद्वय जतिन्दर सिंह र एक्युब इल्यासले अर्धशतक प्रहार गरे।
जतिन्दरले नटआउट ७३ रन र इल्यासले नटआउट ५० रन जोडे। जतिन्दरले ४२ बलमा ७ चौका र ४ छक्का हिर्काउँदा इल्यासले ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले २० ओभरमा ९ विकेटको क्षतिमा १२९ रन मात्र जोड्न सक्यो।
उसका लागि कप्तान असद भालाले ५६ रन जोडे। यस्तै चाल्स अमिनीले ३७ रन र सेसे बाउले १३ रन बटुले।