नुवाकोट । नुवाकोट जिल्लाको किस्पाङमा यात्रु बोकेको बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । किस्पाङ गाउँपालिकाबाट सदरमुकाम विदुर आउँदै गरेको बस किस्पाङमा दुर्घटना हुँदा ३७ जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।
घाइते मध्ये ८ जनालाई उपचारका लागि काठमाडौं रिफर गरिएको स्थानीय प्रशासनले जनाएको छ । यस्तै एक जनाको काठमाडौंस्थित ग्राण्डि अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रशरी कार्यालय नुवाकोटले जनाएको छ । बाँकी घाइतेहरुको उपचार जिल्लास्थित त्रिशुली अस्पतालमा भइरहेको छ ।
लाकसाङ तामाङले चलाएको बस अनियन्त्रित भई छेऊको नालीबाट १०० मिटर तल खसेको थियो । उक्त बस भाल्चेहुँदै किस्पाङबाट विदुर भएर काठमाडौंका लागि छुटेको हो ।