सेयर बजारमा १०० अंकभन्दा बढीको गिरावट

काठमाडौं । आज सेयर बजारमा १०० अंकभन्दा बढीको गिरावट आएको छ ।

वाणिज्य बैंकहरुबीच देखिएको चर्को ब्याजदर बढाउने प्रतिस्पर्धाको नकरात्मक असर सेयर बजारमा देखिएको छ । वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएपछि सेयर बजारमा गिरावट आएको हो ।

निक्षेप ब्याज बढेपछि स्वभाविक रुपमा कर्जाको ब्याज उकालो लाग्छ । जसकारण, धेरै कर्जा लिएर सेयरमा लगानी गरेका लगानीकर्ताले उच्च ब्याज तिर्नुपर्ने हुन्छ । घट्दो बजारमा बैंकको उच्च ब्याज तिर्नुपर्ने डरले लगानीकर्ताको मनोबल हतोत्साहित हुँदा बजार साँढे १ बजेसम्ममा १०१.९२ अंकले घटिसकेको छ ।


यस अवधिसम्म २ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, ५९ लाख कित्ता सेयर किनबेच भएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.