काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप एक हजार ४ जना संक्रमणबाट निको भएका छन् । भने कोरोना संक्रमणबाट थप १२ जनाले ज्यान गुमाएका छन्।
९ हजार ९१६ जनाको कोरोना परीक्षण गर्दा एक हजार ९६ जना संक्रमित थपिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएका छन् । अहिलेसम्म नेपालमा ११ हजार ३०५ संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ८१५ सक्रिय कोरोना संक्रमित छन्।
यस्तै, काठमाडौं उपत्यकामा थप ३५४ जना संक्रमित थपिएका छन् । काठमाडौंका २४३, ललितपुरका ८७ र भक्तपुरका २४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।