जनताको अभिभावक बन्न देउवालाई गगन थापाको आग्रह

काठमाडौं । देशभर बाढी पहिरोले जनजीवन प्रभावित बनेको छ । दर्जनौं ज्यान गुमाएका छन् भने दर्जनौं बेपत्ता छन् । अझै बतिपय ठाउँमा उद्धार गर्न सकेको छैन । यस्तो अवस्था सरकार बाढी पहिरो पीडितका लागि साहारा बन्नु भर्ने माग उठिरहेको छ ।

यहि क्रममा नेपाली कांग्रेसका नेता गगन थापाले बाढी पहिरोका कारण समस्यामा परेका जनताप्रति उत्तरदायी बन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

ट्विटरमा ट्विट गर्दै नेता थापाले प्रधानमन्त्री देउवालाई जनताको अभिभावक बन्ने उपयुक्र्त समय रहेको बताएका हुन् । उनको ट्विट जस्ताको तस्तै :

केहिदिन देखिको वर्षाका कारण सुदुरपश्चिम लगायत देशका कयौँ ठाउँमा बाढी, पहिरोले जनजीवन अस्तव्यस्त भएको छ। यो वेलानै हो सरकारले अभिभावक भएको आभास दिलाउने। प्रधानमन्त्रीज्यू, आफन्त गुमाएका, विस्थापित भएका, खेतिबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस,दुःखमा समानुभुतिको महसुस गराउनुहोस ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.