आउँदो अक्टोबरमा हुने १० औँ महाधिवेशनका लागि राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाबाट केन्द्रीय सचिव पदका लागि डा. देवीबहादुर बस्नेत, केन्द्रीय महिला संयोजक पदमा जुनु गुरुङ, एसिया प्यासेफिक क्षेत्रीय संयोजक पदमा विनोद कुँवर र एसिया प्यासेफिक क्षेत्रीय उपसंयोजक पदमा यज्ञराज सुवेदीले उम्मेदवारी दिएका हुन् ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको आयोजनामा शनिबार भर्चुअल औपचारिक उम्मेदवारी घोषणा कार्यक्रममार्फत उनीहरुले उम्मेदवारी घोषणा गरेका हुन् ।
