काठमाडौं । बर्षाका कारण बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ । हालसम्म पूर्व र पश्चिममा गरेर ७७ जनाको ज्यान गएको गएको गृह मन्त्रालयले जनाएको छ ।
कैलाली, कञ्चनपुर, डोटी, बैतडी, कालिकोट, डडेलधुरा, सुर्खेतलगायतका ठाउँमा गरि ७७ जनाको ज्यान गएको हो । डोटी जिल्लामा ९ जनाले ज्यान गुमाएका छन् । यस्तै बैतडीामा ३, डडेलधुरामा २, कैलालीमा ४, कालिकोटमा २ जनाले ज्यान गुमाएका छन् । यस्तै बाढी पहिरोका कारण इलाममा १३, पाँचथरमा २६, सुनसरीमा २, को ज्यान गएको छ।
पहिरोमा परी धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ । यस्तै उदयपुरमा २ जना र प्युठान, सोलुखुम्बु र मोरङमा एक–एक जनाको मृत्यु भएको छ ।
यस्तै विभिनन ठाउँमा गरि २६ भन्दाबढि अझै बेपत्ता रहेको पनि गृह प्रशासनले जनाएको छ । डोटी, बझाङ र बैतडी लगायतका ठाउँमा अझै केही मानिस बेपत्ता छन् । यस्तै महाकाली नदी र आसपासका टापु क्षेत्रमा पनि केही मानिस बेपत्ता छन् ।
बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । आइतवार रातिदेखि नै वर्षा हुँदा देशभर बाढी पहिरोको जोखिम बढेको हो । विहीवारबाट मौसममा सुधार आउने मौसम विभागले जनाएको छ ।
सरकारले बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहतस्वरूप दुई लाख रकम दिने निर्णय गरेको छ । परिवारका एक जना ज्यान गुमाउने परिवारलाई दुई लाख र सोही परिवारमा थप ज्यान गुमाएका परिवारलाई थप एक लाख दरले थप्ने गरि रकम दिने निर्णय गरेको छ ।
बुधवार आकस्मिकरुपमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । यस्तै पीडित परिवारलाई सरकारले जमिन समेत उपलब्ध गराउने निर्णय गरेको छ । घर पूर्णरूपमा क्षति भएकालाई घर बनाउन हिमाली क्षेत्रमा पाँच लाख, पहाडमा चार लाख र तराईमा तीन लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ ।