बागमती प्रदेशसभा बैठक: माओवादीले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत नदिने

काठमाडौं । बागमती प्रदेशका सांसद शालिकराम जमरकट्टेलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई पदबाट राजीनामा दिन अनुरोध गरेका छन् । 

बिहीबार जारी प्रदेश बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले सो कुरा बताएका हुन् । 

व्यक्तिगत रुपमा अष्टलक्ष्मी शाक्य विश्वासको मत दिनुपर्ने मत दिनुपर्ने भए पनि राजनितिक रुपमा उहाँलाई आफूहरुले विश्वासको मत दिन नसक्ने बताए ।

गठबन्धन ख्यालख्याल रुपमा नभई गठबन्धनमा ख्यालख्यालमा उडाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

सो क्रममा उनले विगतममा आफूहरुले नेकपामा छँदा विकासका विभिन्न कार्यक्रम माग गरे पनि ती कर्यक्रम नभएको बताए । सो क्रममा उनले समाजवाद भनेको राजनीतिक प्रणाली भएको बताउँदै राजनीतिक प्रणाली जनताको पहुँचमा नभएको बताए । ‘समाजवादको यात्रा अबको सरकारले काम गर्छ,’ उनले भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.