काठमाडौं । आज इतिहासमै पहिलोपटक दक्षिण कोरियाले स्वदेशमा नै निर्मित रकेटको सफलतापूर्वक परीक्षण गरेको छ ।
दक्षिण कोरियाले अ सफलतापूर्वक स्वदेशमा निर्मित रकेट परीक्षण गरेको हो । आजको गरेको रकेट परीक्षणसँगै दक्षिण कोरिया पनि अन्तरिक्षको अन्वेषण तथा खोज गर्न सक्ने मुलुकको सूचीमा परेको छ । अहिले दक्षिण कोरिया इतिहासमा प्रगति हेरेर खुशिको आवास प्रकट गरिरहेको छ ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इनका अनुसार ‘नुरी’ अर्थात् ‘विश्व’ पनि भनिने रकेट स्थानीय समय अनुसार दिउँसो चार बजे प्रक्षेपण गरिएको थियो ।
स्वदेशमा निर्मित रकेटको तौल दुई सय टन र लम्बाइ ४७ . २ मिटर रहेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमले जनाएका छन् ।
कुल ६ इन्जिन रहेको सो रकेटले पृथ्वीबाट आठ सय किलोमिटर माथिसम्म उडेर साढे एक टन बराबरको पेलोड अन्तरिक्षको कक्षमा पुर्याउन सक्छ । १० वर्षको अवधिमा एक अर्ब ६० करोड अमेरिकी डलर लागतसहित उक्त रकेट निर्माण गरिएको हो ।
एसियामा चीन, भारत र जापानसहितका अति थोरै मुलुकले मात्रै अत्याधुनिक अन्तरिक्ष कार्यक्रम सञ्चालन गर्दै आएकोमा आजबाट दक्षिण कोरिया समेत थप सुचिमा परेको छ ।