आज कुन–कुन प्रदेशमा पानी पर्छ ?

काठमाडौं । न्यून चापीय प्रणाली र पश्चिमी वायुको असर हटेसँगै नेपालमा ठूलो पानी पर्ने क्रम तत्कालका लागि टरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनमा नेपालमा असर गर्ने उल्लेखिय मौसम प्रणाली विकसित भएको छैन ।

यद्यपि, स्थानीय वायुका कारण बदलीदेखि हल्का वर्षाको सम्भावना भने रहन्छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १, बागमती र गण्डकीमाका एक/दुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । शनिबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.