अर्ली इलेक्सनबारे निर्णय गठबन्धनसँग छलफल गरेर हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे गठबन्धनका नेतासँग छलफल गरेर मात्रै निर्णय गर्ने बताएका छन् । 

बैशाखमा अर्ली इलेक्सनको कुरा चलिरहेका बेला बाढीपहिरो प्रभावित क्षेत्र सुदूरपश्चिम पुगेका देउवाले सञ्चारकर्मीसँग भएको अन्तर्कियाका क्रममा यस्तो बताएका हुन् । ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केही नेताले पहिले बैशाखमा संघको निर्वाचन गरेर मंसिरमा स्थानीय तह र प्रदेशको निर्वाचन गराउनुपर्ने मत राख्दै आएका छन् ।

यसैगरी, नेकपा एमाले पनि अर्ली इलेक्सनको पक्षमा रहेको छ । 

सोही क्रममा प्रधानमन्त्री देउवाले एमसीसी नेपालको कानुनभन्दा माथि नभएको बताउँदै संसदबाट पारित हुने बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.