काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनसपछि मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार बैंकको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
नेप्सेले बैंकको बिहीबार भएको अन्तिम कारोबार तीन सय ६८ रुपैयाँको आधारमा सेयरमूल्य समायोजन गरेपछि शेयर मूल्य ३ सय ३४ रुपैयाँ ५५ पैसा कायम भएको छ ।
सांग्रिलाले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ शुक्रबारदेखि १६ कार्त्तिकसम्म बुक क्लोज गर्ने भएको छ ।