काठमाडौं । नेपाली कांग्रेसका नेता तथा अभियुक्त मोहम्मद अफताब आलम विरुद्धको मुद्दामा आज पनि सुनुवाई नहुने भएको छ । जमानतका लागि आलमले दिएको निवेदन उपर आज सर्वोच्च अदालतमा सुनुवाई हुने कार्यतालिका रहेको थियो । तर महान्यायाधिवक्ताको कार्यालयले सुनुवाई स्थगितको माग गरेपछि सुनुवाई आज पनि रोकिएकाे हो ।
न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाईका लागि कार्य तालिका रहेको थियो । रौतहटबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा जितेका आलम २०७६ असोज २६ मा पक्राउ परेपछि निलम्बित भएका थिए ।
उनलाई पक्राउ गरेपछि उच्च अदालतले हिरासतमै राखेर मुद्दा चलाउन आदेश गरेको थियो । त्यसैको विरुद्ध आलमले रिट दिएका थिए । त्यसको सुनुवाई हुन सकेको छैन ।