काठमाडौं । इटालीमा फुटबल खेल्दै आएका नेपाली मुलका युवा खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।
युवा स्ट्राइकर विकासले शुक्रबार ए डिभिजन क्लब च्यासलसँग सम्झौता गरेका छन् ।
सहिद स्मारक ए डिभिजन लिग खेल्नका लागि विकास मंगलबार साँझ नेपाल आईपुगेका थिए ।
नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।
१८ वर्षीय विकासले पछिल्लो समय इटालीका चर्चा कमाईरहेका छन् ।
इटालीको यू१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास इटालीको चर्चित क्लब एट्लान्टाको युथ टिमबाट खेल्ने गर्छन् ।